महानायक राजेश हमालका बच्चा बेलाका तस्विरहरु (भिडियो सहित)-

लाइट नेपाल

पुरानै भाषा दोहोर्‍याउँ, कुनैबेला राजेश हमालको लामो कपालवाला टाउको बिक्थ्यो ।कुरो सोह्रैआना सही हो, हमालबिनाको सिनेमा दर्सकहरुले रापबिनाको आगोजस्तै ओसिलो मान्थे । उनका कारण तथा उसको पोस्टरले सिनेमा बिक्थ्यो ।

लगानीकर्ताका निम्ति ‘सेफ गेम’ खेल्ने गोटी थिए, महानायक हमाल । पोस्टरमै सही, महानायकको टाउको टाँसिदिएपछि दर्शक हलसम्म तानिन्थे । भलै, उनले आफ्नो जमानामा सम्झनलायक फिल्म नदिए पनि । सत्य के हो भने नेपाली सिनेवृत्तमा ‘स्टारडम’को पगरी उनैले पहिरिएका थिए । निःसन्देह नेपाली सिनेमामा उनको ‘स्टारडम’ थियो ।

यसको अवशेष अहिले पनि कहीँ कतै बाँकी छ । कुनै स्कुले विद्यार्थी, जो हिन्दी/अंग्रेजी सिनेमा हेरेर हुर्किएका छन्,उनिहरुलाई नेपाली कलाकारको नाम सोध्दा अन्कनाउँदै भन्नेछन्, ‘राजेश हमाल ।’हो आजहामी उक्त भिडियोको मार्फत राजेस हमालको बाल्यकालको तस्बिर देखाउने जमर्को गरेको छौ ।

हेरौ उनको बाल्यकालको तस्बिर भिडियो मार्फत :

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com