मन्त्रीले आफ्नै ड्राईभरलाई ठगेपछि पिडत ड्राइभर आए रवी संग, रविले लाईभ कार्यक्रममै बोलाएर यसरि झपारे मन्त्रीलाई हेर्नुहोस भिडियोमा

लाइट नेपाल डटकम

काठमाडौं – विदेश लैजाने वाहाना देखि नेपालमा विभिन्न जागिर लगाइदिने आश्वासनमा विभिन्न व्यक्तिहरुले पैसा असुलेर फरार हुने गरेका छन् ।
तर यी लमजुङ बेसिशहरका दुर्गा परियार भने मन्त्रीबाटै ठगीए ।

२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा नेकपा मालेका तर्फबाट संस्कृत तथा पर्यटन मन्त्री भएका खगेन्द्र प्रसाईको गाडी चलाउने परियारलाई किर्ते जग्गा बेचेर मन्त्रीले नै ठगेका हुन् ।
१० बर्षसम्म साउदी अरेबीयमा पसिना बगाएर स्वेदश फर्किएका दुर्गा परियारले संयोगबश उनै मन्त्रीको गाडी चलाउने काम पाए । इही दौरानमा पुर्व मन्त्री प्रसाईले दुर्गालाई भएको पैसा जग्गामा लगानी गर्न लगाएर आफ्नै जग्गा दिने आशा देखाए ।

मन्त्री जस्तो व्यक्तिले सस्तोमा आफ्नै जग्गा मिलाइदिने भनेपछि दुर्गा परियार पनि चुपचाप जग्गा किन्न पुगे । भतmपुर सिपडोल स्थीत चल्तीमा प्रति आना ४ लाख पर्ने जग्गा परियारलाई २ लाखमा दिने भन्दै ४ आना जग्गाको कागज बनाए ।

बसन्त स्याङतानको जग्गा भएको भन्दै एक महिनापछि जग्गा पास गरिदिने भन्दै उनले तत्कालै साढे २ लाखको कागज बनाए भने थप साढे २ लाख ऋण स्वरुप मन्त्री प्रसाइले लिए ।

त्यसपछि महिना बिते, बर्ष पनि बिते तर मन्त्रीले उनको जग्गा पास गरिदिएनन् । पछि मालपोतमा गएर हेर्दा उनले किनेको भनिएको जग्गा किर्ते रहेछ । बसन्त स्याङतानको भनिएको जग्गा त धर्मरत्न शाक्य र श्यामरत्न शाक्यको रहेछ ।

आँफु मन्त्रीबाटै ठगीएको थाहा पाएपछि उनले अदालतमा मुद्वा पनि हाले । ठगीको केस चलेपछि पुर्व मन्त्री प्रसाई २४ दिन हनुमान ढोकाको जेलमा पनि बसे ।

तर पछि अदालतले धरौटीमा छाडिदियो । उनको पैसा अन्य २ व्यक्तिले भुतmानी गर्नुपर्ने भनि फैसला भयो । भुक्तानी गर्नुपर्ने भनिएको बसन्त स्याङतान श्यामकाजी स्याङतानलाई उनले राम्रोसँग भेटेका पनि छैनन् ।

अहिले पनि खानेपानी मन्त्रालयको गाडी चलाउँदै आएका उनलाई परिवार पाल्न मुस्कील छ । रगत पसिना बगाएर बिदेशमा कमाएको पैसा पुर्व मन्त्रीले नै ठगे पछि अहिले छोराछोरी बिरामी पर्दा समेत उपचार गर्न समस्या पर्छ दुर्गा परियारलाई ।

अहिले पनि समयमा समयमा पुर्व मन्त्रीलाई उनले सम्पर्क गर्दा काठमाडौ आएर मिलाइदिने बताउँछन् । तर ७ बर्ष भईसक्यो उनि भने कहिलै आएन्न ।

हाम्रै कार्यालयमा बसेर फोन गर्दापनि मन्त्रीले आँफु काठमाडौ आएर मिलाउने भन्दै टारे ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com