प्रधानमन्त्री भन्छन्, ‘कसलाई सत्ता बुझाउँ ? बहुमत नल्याइ सत्ता हस्तान्तरण गर्न दवाव दिने बामगठबन्धनका नेताहरु लाज नभएका’

सिर्जना

धनगढी, ३० पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीको टुंगो नलागेका कारण आफुले सरकार छोड्न नपाएको बताएका छन् । उनले बामगठबन्धनले नयाँ प्रधानमन्त्रीको टुँगो नलगाई आफुलाई सत्ता छोड्न मात्र दवाव दिएको बताएका छन् ।

आइतबार विहान कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, सत्ता हस्तान्तरण गर्न म आतुर छु, तर कसलाई बुझाउँ सत्ता ।
वाम गठबन्धनले अहिलेसम्म प्रधानमन्त्रीको टुंगो नलगाएको अवस्थामा आफुले सत्ता हस्तान्तरण गर्ने भन्ने
वाम गठबन्धनभित्र को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागि नसकेको प्रधानमन्त्री देउवाको भनाई छ । उनले आफ्नो ब्रतबन्ध भएको स्थान सोही ठाउं भएको बताउंदै प्रश्न गरे म सत्ता कसलाई हस्तान्तरण गरुँ रु’

सोही कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट कैलाली–५ का सांसद नारदमुनी रानाले देउवालाई सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाले बहुमत नल्याइ सत्ता हस्तान्तरण गर्न दवाव दिने बामगठबन्धनका नेताहरु लाज नभएका भन्दै टिप्पणी गरे ।

देउवाले अहिले बहुमत प्राप्त गरेर कसैले प्रधानमन्त्री तोक्न नसकेकोले आफूले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको वताएका छन् । प्रदेश सभाको अस्थायी राजधानीका लागि सरकारले निर्णय गर्ने बताएका छन् । प्रदेश राजधानीका लागि सबैभन्दा बढी समस्या प्रदेश ७ मा भएको उनको भनाई छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com