Light Nepal

जिप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित छ जनाको मृत्यु

संखुवासभा, ३० पुस । संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आज मध्याह्न दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित छजनाको मृत्यु भएको छ ।

मृत्यु हुने अन्यमा पाथीभरा हेदानाका स्थानीयबासी सुरेश राई र खाँदबारीका सुवासचन्द्र कुइँकेलको मात्र सनाखत भएको छ ।

मृत्यु हुनेमा समाजशास्त्री अर्जुन बस्नेत र इन्जिनियर सुदीप ढकालको नाम खुले पनि वतन खुलेको छैन । जिप चालकको भने सनाखत हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप भोटखोला गाउँपालिका–३ मा पर्ने सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्