यस्तो भयो एमाले र माओबादीको बिचमा सिट बांडफांड, माओवादीले माग्यो यस्तो महत्त्वपूर्ण पद

लाइट नेपाल डटकम

काठमाण्डौ, ३० पुष । बामगठबन्ध्नको कार्यदल बैठकमा सिट बांडफांडका विषयमा छलफल भएको छ । कार्यदलको बैठकमा माओवादी केन्द्रले दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ । एमाले अध्यक्ष केपी शर्मा आली बाहिर भएकाले त्यो प्रस्तावमा निर्णय हुन सककेो छैन । एमालेले अध्यक्ष संग परामर्श गरेपछि मात्र त्यस विषयमा निर्णय गर्न सकिने बताएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त कार्यदलको बैठक बसकेो हो । यस अघि निर्वाचनमा जांदा ६० र ४० को ागवण्डा लिएर निर्वाचनमा गएका बामगठबन्धनका नेताहरु सिट बांडफांडको रस्साकस्सीमा लागेका हुन् । सोही मापदण्ड अनुसार सिट बांडफांड गरिने नेताहरुले बताएका छन् । कार्यदलको बैठकमा माओवादी नेताहरुले एमालेले चार र आफूहरुले दुई मुख्यमन्त्री लिने प्रस्ताव अघि सारेका हुन् । यता प्रदेशसभाको सभामुख भने माओवादीले एमालेले भन्दा बढी पाउनुपर्ने माग राखेको छ । माओवादीले आफ्नो दलले चार र एमालेले दुई मात्र दिने उसको प्रस्ताव छ ।

कार्यदलमा एमालेले मुख्यमन्त्री लिएको ठाउँमा माओवादीलाई सभामुख र माओवादीले मुख्यमन्त्री लिएको प्रदेशमा एमालेले सभामुख लिने प्रस्तावका विषयमा छलफ भएको बताइएको छ ।

बामगठबन्धनको प्रदेश २ वाहेक सबै प्रदेशमा बहुमत छ ।

बैठकपछि संक्षिपत प्रतिकृया दिंदै एमाले नेता एवं कार्यदलका संयोजक सुवास नेम्वाङले अध्यक्षसंगको परामर्श पछि मात्र सिट वांडफांडका विषयमा टुंगोमा पुग्ने बताएका छन् । त्यसका लागि कार्यदलले माघ ३ गते बैठक राखेको जानकारी नेम्वागंले दिए ।

स्वास्थ्य उपचारका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार स्वदेश र्फकने कार्यक्रम छ ।

राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनको लागि गृहकार्य गर्न एमाले र माओवादीले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा दुबै दलका ३र३ नेता छन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com