नेपाली काँग्रेसका लागि आयो अत्यत दुखद खबर

लाइट नेपाल डटकम

काठमाडौँ, ३० पुस – नेपाली काँग्रेसका नेता एवं पूर्वसांसद राजु खनाललाई मातृशोक परेको छ ।

दाङ घोराही निवासी पूर्वसांसद खनालका माता दुर्गादेवी खनालको गएराति ८१ वर्षको उमेरमा काठमाडौँको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहाँ मधुमेह र मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय खनालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

स्वर्गीय खनालको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । स्वर्गीय खनालका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com