संखुवासभामा गम्भीर दुर्घटना, दुर्घटनामा गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु

लाइट नेपाल

संखुवासभा ,३० पुस । जिल्लामा भएको जिप दुर्घटनामा परी गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटना मकालु गाउँपालिका २ हेदंगनामा भएको हो ।

प्रहरीका अनुसार बा५च१३०९ नम्बरको जिप सडकबाट निकै तल अरुण नदीमा खस्दा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल, जिससका सूचनाधिकारी सुवास कुइँकेललगायतको मृत्यु भएको हो । जिपमा दर्जन बढी यात्रु रहेको प्रहरीले जनाएको छ ।

प्रदेश नं. १ प्रहरीका अनुसार तीन जनाको सनाखत हुन बाँकी रहेको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com