उपचारका लागि दिल्ली पुगिन् प्रचण्ड पत्नी सीता,छोरा प्रकाशको आकस्मिक निधनपछि सीताको स्वास्थ्य स्थिति बिग्रिएको थियो

लाइट नेपाल

काठमाडौ,३० पुस ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल उपचारका लागि दिल्ली गएकी छिन् ।

फलोअप उपचारका लागि उनी आज दिल्ली गएकी हुन् । केही महिनाअगाडि मात्रै सीताको बैंककमा उपचार गरिएको थियो ।

दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचार हुनेछ ।

प्रचण्डको पारिवारिक स्रोतका अनुसार पछिल्लो दिनमा सीतालाई बोल्न र हिड्डुल गर्न कठिन भएको थियो ।

छोरा प्रकाशको आकस्मिक निधनपछि सीताको स्वास्थ्य स्थिति बिग्रिएको थियो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com