Light Nepal

मन्त्री भएपछि घरनै भाडामा लिएर बसेका माओबादीका मन्त्रीको पद फुस्केपछि भयो यस्तो बिजोग, खोज्दैछन् सस्तो कोठा

काठमाडौं, ३० पुस । शुक्रबार राजीनामा दिएका माओवादी केन्द्रका मन्त्रीहरु अब कोठा खोज्ने ध्याउन्नमा लागेका छन् । मन्त्रि बन्न अघि सामान्य भाडामा बस्दै आएको माओबादी केन्द्रका संसदहरु मन्त्रि बनेपछि घरनै भाडामा लिएर बस्दै आएका थिए । किनकि मत्रिहरुलाई सरकारले मासिक ४० हजार घरभाडाको लागि दिदै आएको छ । मन्त्रिबाट बिदा भएपछि मासिक ४० हजार पनि गएको छ । शुक्रबार मन्त्रीबाट राजीनामा दिएसँगै यो रकम आउने बाटो बन्द भएको हो ।

मन्त्री बन्नुअघि माओवादी सांसद सन्तकुमार थारु कोटेश्वरमा महिनाको १६ हजार तिरेर भाडामा बस्दै आएका थिए । तर, मन्त्री बनेपछि उनी काँडाघारी सरे । त्यो पनि सिङ्गै घर भाडामा लिएर । त्यो घरका लागि उनले मासिक ४० हजार रुपैयाँ तिर्दै आएका थिए । शुक्रबारबाट उनी मन्त्री रहेनन् ।

मन्त्रीको हैसियतमा सरकारबाट आउने ४० हजार रुपैयाँ घरभाडा रकम बन्द भएको छ । त्यसैले उनले आफ्ना पी ए शिव कुमार थारुलाई कोठा खोज्न अह्राइसकेका छन् । उनी भन्छन्, ‘अब महिनाको ४० हजार तिरेर कहाँ बस्न सकिन्छ रु त्यसैले सस्तो ठाउँमा कोठा खोज्न शिवलाई भनिसकेको छु ।’

माओवादीबाट राज्यमन्त्री बनेका कर्ण बहादुर विक महिनाको २५ हजार फ्ल्याट भाडा तितेर बस्दै आएका थिए । राज्यमन्त्री बनेपछि उनी गोठाटारमा महिनाको ३५ हजार रुपैयाँ तिर्ने गरी सरे । अ उनले भने काठमाडौंमा भाडामा बस्नका लागि कुनै विकल्पै छैन नि, अब बाजुरा फर्किने मानसिकता बनाएको छु ।’

रामेछापका रामकुमार श्रेष्ठले पनि राज्य मन्त्री बनेपछि नयाँ बानेश्वरको १० हजार तिर्दै आएको फ्ल्याट छाडिदिए । अहिले उनी महिनाको ४० हजार तिर्ने गरी बालुवाटार बस्दै आएका छन् । तपाईं त चुनाव जितेको मान्छे त्यहीँ बस्ने होला नि रु भन्ने जिज्ञासामा उनले भने “कहाँ बस्नुु हो महिनाको ४०र४० हजार तिरेर, केटाहरुलाईलाई अलि सस्तो ठाउँ खोज्न भनिसकेको छु ।’’

माओवादी केन्द्रका नेता राम सिं यादव राज्यमन्त्री बन्नुअघि उनी सातदोबाटोमा ४ कोठे फ्ल्याटमा बस्दै आएका थिए, महिनाको १५ हजार तिर्ने गरी । राज्य मन्त्री बनेपछि पनि उनी त्यहाँबाट सरेनन् । राज्यले भाडाबापत दिने रकमनै उनले महिनाको २५ हजार जोगाए । “१५ हजार रुपैयाँ तिर्न मलाई चाहिँ समस्या छैन है, किनकि म अधिवक्ता हुँ, बस्न खानका लागि चाहिने खर्च त म सजिलै कमाइहाल्छुु नि १ –उनले भने ।

माओवादीका १६ जना नेता शुक्रबारदेखि (९ मन्त्री र ७ राज्यमन्त्री) सरकारबाट बाहिरिएसँगै उनीहरुकै क्रिपामा राज्यबाट पारिश्रमिक लिँदै आएका १ सय १२ जनाको जागिर पनि गएको छ । हरेका मन्त्री र राज्यमन्त्रीले, मासिक ३४ हजार २ सय २० रुपैयाँ तलब थाप्ने उपसचिव सरहका १ जना, मासिक ३० हजार ५ सय तबल पाउने अधिकृत सरहका १ जना, मासिन २३ हजार ५ सय तलब पाउने सुब्बा सरहका एक जनाका साथै मासिक १८ हजार ३ सय ४० रुपैयाँ थाप्ने २ जना चालक र मासिक १६ हजार २ सय ३० रुपैयाँ तलब पाउने २ जना कार्यालय सहयोगी राख्न पाउँथे । हिजोबाट उनीहरुको पनि जागिर गएको छ । news24nepal.tv बाट

प्रतिक्रिया दिनुहोस्