प्रचण्ड पत्नी सीता उपचारका लागि आज दिल्ली जाँदै

लाइट नेपाल

काठमाडौं, ३० पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता उपचारका लागि दिल्ली जाँदैछिन् । एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लाथि थाइल्याण्ड पुगेको साता नबित्तिै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी भारत जान लागेकी हुन् ।

ओलीजस्तै सीता समेत आज अर्थात् आइतबार ‘फलोअप’ का लागि दिल्ली जान लागेको उनी निकट स्रोतले जानकारी दिएको छ । सीत मधुमेहलगायत रोगका कारण लामो समयदेखि उपचार गराइरहेकी छिन् ।

सीताको समेत केही महिनाअगाडि मात्रै पनि उनको बैंककमा उपचार गरिएको थियो । एक मात्र छोरा प्रकाशको निधनका कारण उनी थप कमजोर बनेकी छिन् ।

विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् । सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् ।

.

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com