अनेरास्ववियु दाङको २३अोै सम्मेलन माघ १३मा

लाइट नेपाल डटकम

दाङ – अनेरास्ववियु दाङको मिति २०७४/०९/२९गते जिल्ला पार्टी कार्यालय घोराहीमा सम्पन्न जिल्ला भेलाले यहि मिति २०७४/१०/१३ गते नारायणी सल्यानी भवनमा उदघाटन हुनेगरी अनेरास्ववियु दाङको २३अोै जिल्ला सम्मेलन गर्ने निर्णय सार्वजनिक भएको छ।

अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियार को अध्यक्षता, नेकपा एमाले दाङका सदस्य बुद्धि प्रकाश पोैडेलको प्रमुख आतिथ्यता तथा अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य दिपक परियारको विशिष्ट अातिथ्यतामा सम्पन्न भेलामा एमाले नेता राम कुमार अधिकार, युवा नेता अनेरास्ववियु दाङका पुर्व सचिव चनदन भण्डारी, हेमराज अधिकारी,लगाएतले आफ्ना भनाइ राख्नु भएको थियोे। युक्त भेलाबाट ५१ सदस्य सम्मेलन आयोजक मुल समिति गठन गरेको छ।

जसको सम्योजक सर्जन परियार,सह-सम्योजक विराज डि सि, रहनु भएको छ। युक्त भेलाले विभिन्न कार्यबिभाजन पनि गरेको छ।  प्रचार प्रसार को जिम्मा खेमराज डागि,स्वयंसेवकको जिम्मा अभिषेख बिएम,आथिक विभाग प्रमुख अनुप विएम,प्रतिनिधि व्यवस्थापन आकाश न्योैपाने,मन्च व्यवस्थापन दिवस क्षेत्री, अतिथि सत्कार ज्योति लामिछाने ,यातायात नन्दु खड्का ,अतिरिक्त मुकुन्द न्योैपाने लाई दिइएको छ। कार्यक्रम मा स्वागत मन्तव्य संगीत अघिकारीले दिनुभएको थियो ।कार्यक्रम को सहजिकरण विराज डिसिले गर्नु भएको थियो।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com