Light Nepal

३० किलोको माला लगाएका प्रचण्डलाई बाबुराम भट्टराईको कडा टिप्पणी

काठमाण्डौ, २९ पुष । नयां शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कडा ब्यगं गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३० किलोको माला लगाएको विषयलाई लिएर भट्टराईले ब्यगं गरेका हुन् । बेनी महोत्सवमा सहभागी हुन गएका प्रचण्डलाई आयोजकले ३० किलाको माला लगाइदिएका थिए ।

सो कार्यक्रममा माला लगाइदिंदै गरेको फोटो सामाजिक संजालमा पोष्ट गर्दे भट्टराईले प्रचण्डलाई कडा ब्यगं गरेका छन् । उनले ट्टीटरमा लेखेका छन् ।

‘समृद्धिलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं !!’

भट्टराईको सो ट्वीटमा ११७ जनाले कमेन्ट गरेका छन् । ८११ जनाले लाइक गरेका छन् भने १३५ जनाले रि ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्