प्रदेश प्रमुखको दौडमा मधेसवादी दल, प्रधानमन्त्री समक्ष पुगे यस्ता नाम

सिर्जना

काठमाडौं, २९ पुस । दुई नम्बर प्रदेशमा वहुमत ल्याएका राजपा र फोरमले प्रदेश प्रमुख आफ्ना आफ्ना पक्षका ब्यक्तिको नाम सिफारीस गरेका छन् । सरकारले अब बस्ने मन्त्रिपरिषदको बैठकमा प्रदेश प्रमुख नियुक्ती गर्दैछ । जसका कारण मधेसवादी दलका नेताहरु प्रदेश प्रमुखको दौडमा छन् । प्रदेश प्रमुखका लागि मधेशवादी दलले पनि आफ्नो दावी पेश गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष विभिन्न व्यक्तित्वहरुको नाम सिफारिश गरिसकेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश प्रमुखको नाम प्रधानमन्त्री देउवालाई बुझाएका छन् ।

राजपा नेपाल निकट उच्च स्रोतका अनुसार अध्यक्ष ठाकुरले आफ्ना सम्धी उमाकान्त चौधरीको नाम सिफारिश गरेका छन् भने यता उपेन्द्रले रत्नेश्वर कायस्थको नाम बुझाएका छन् । ठाकुर र यादवले सिफारिश गरेका यी दुवैजना नेपाल सरकारका पूर्व सचिव पनि हुन् ।

यता नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि देउवालाई भेटेरै आज नयाँ नाम सिफारिश गरेका छन् । उनले लोकेन्द्र मल्लिकलाई प्रदेश प्रमुख बनाउनुपर्ने डिमाण्ड देउवासामू गरेका छन् । मल्लिक पूर्व न्यायाधीश हुन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com