Light Nepal

नारायणगढ मुग्लिन सडकखण्डवाट आयो यस्तो खुसीको खबर

चितवन, २९ पुष । माघे त्र,न्तिलाई मध्यनजर राखेर रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक आज शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ । चितवन जिल्ला ट्राफिक कार्यालयले सूचना जारी गरेर सो कुराको जानकारी गराएको हो।

माघे सत्र,न्तिमा यात्रुहरुको वत जावत बढी हुने र चाड मनाउन हिड्नेहरुका लागि सहज होस भन्ने उद्येश्यले चौविसै घण्टा सडक सुचार गरिकृप्रहरीले जनाएको छ । ‘पुस २९, ३० र माघ एक तथा दुई गते नारायणगढ मुग्लिन सडक रातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निकालेको सूचनामा उल्लेख छ । सडक निर्माणलाई तिब्रता दिनभन्दै पुस १८ गतेदेखि रातको १० बजेदेखि बिहानपख चार बजेसम्म सडक बन्द हुने गरेको थियो ।

माघे संक्रान्तिमा चितवन र तनहुँमा रहेको देवघाटधाममा नुहाउन देशका विभिन्न ठाउँ लगायत भारतसम्मका भक्तहरु आउने भएकाले यस्तो निणृय लिइएको हो । । त्रिशुली र काली गण्डकीको संगम स्थल देवघाटधाममा नुहाउनेहरु लाखौं हुन्छन् । देवघाट नुहाउन आउनेहरुका कारण गाडीको चाप अरु बेलाको भन्दा निकै नै बढ्ने गर्छ । त्यसैले बाटो बन्द नगरेको अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्