Light Nepal

सधै प्रचण्डको आलोचना गर्ने सुरेन्द्र केसीको एउटा मन्चमै रहेका बेला प्रचण्डले गरे खरो आलोचना हेर्नुहोस भिडियोमा

काठमाडौँ, २९ पुस – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मेहनत गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभयो, “वाम गठबन्धनका लागि आगामी दिन सहज छैन । धेरै चुनौती छन् । त्यसको उचित निरुपण गर्दै जनतालाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा लैजानु जरुरी छ ।”

राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको एजेण्डालाई नेपाली जनताले संस्थागत गरेको र करिब दुई तिहाइभन्दा बढी जनमत वामगठबन्धनको पक्षमा प्राप्त भएको भन्दै अहिले प्राप्त भएको उपलब्धि ठूलो मेहनतको परिणाम भएको बताउनुभयो ।

देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको अपेक्षालाई सम्बोधन गरेर मुलुकलाई समृद्ध बनाउनु र नेपाली जनतालाई समृद्धिको मार्गमा लैजानु नै आजको प्रमुख कार्यभार भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्