Light Nepal

विवाहित प्रेमिकाले आफ्नो कुरा नमानेपछि प्रेमीले उठाए खतरनाक कदम

विवाहित महिलासँग प्रेममा परेका एक युवकले आफ्नी प्रेमिकाले आफूले भनेको नमालेपछि निकै खतरनाक कदम उठाएका छन् ।

ती युवकले आफ्नी पहिल्यै विवाहित प्रेमिकालाई बिहेको प्रस्ताव राखेका थिए । तर, ती महिलाले नमालेपछि युवकले विष पिएर आत्महत्याको प्रयास गरेका छन् ।

उनले विष पिएर जानकारी पाउनासाथ परिवारले तत्कालै अस्पताल लिएर गए । अहिले ती युवकको अवस्था स्थिर रहेको बताइएको छ । भारतको बरेली फरीदपुरका केशव शर्मा नामका ती युवक लोटस कलेजमा पढ्दैछन् । सेप्टेम्बर २०१७ मा फेसबुकमा एक सरकारी शिक्षककी पत्नीसँग उनको मित्रता भएको थियो। विस्तारै त्यो मित्रता प्रेममा बदलियो ।

उनीहरुले यसपछि फोन नम्बर साटासाट गरे । घरबाहिर भेट्नको लागि प्रेमिका एउटा कलेजमा भर्ना भइन् । उनीहरु यतिसम्म नजिक भए कि बिहे गर्नको लागि तयार भए । केहि दिन पहिले  राती प्रेमिकाले अचानक बिहे गर्न अस्वीकार गरिन् । यो कुराबाट रुष्ट ती युवकले शुक्रबार विष पिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्