Light Nepal

जब गोबिन्द केसीले जुत्ता सिलाउने मेचीको हात बाट जुस पिए …

काठमाडौं –  सरकारसँगको ५ बुँदे सहमतिपछि त्रिभुवन विश्वविद्यालय शिक्षण असप्ताल महाराजगञ्जका प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन तोडेका छन्।
डा. केसीले त्रिवि शिक्षण अस्पतालअगाडि जुत्ता सिलाउँदै आएका सिरहाका नथुनिया मेचीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

सर्वोच्च अदालतबाट चिकित्सा शास्त्र संकायका डिनलाई पुर्नस्थापना गर्ने निर्णय भएपछि डा.केसीले १४ औं चरणको अनशन सुरु गरेका थिए । प्रधानन्यायाधीशको राजीनामा माग्दै केसी अनसनमा बसेपछि अदालतले मानहानीको मुद्दामा उनलाई गिरफ्तार गराएको थियो। उनको गिरफ्तारीले अन्तर्राष्ट्रिय रुपमै चर्चा बटुलेको थियो । अदालतले सामान्य तारेखमा मुक्त गरेपछि डा. केसीले पुनः अनशन जारी राखेका थिए।

सरकारसँग पाँच बुँदे सहमति भएपश्चात डा. केसीले २५ वर्षदेखि अस्पतालकाे गेटमा जुत्ता सिलाउँदै अाएका नथुनिया माेतीकाे हातबाट जुस पिउँदै अाज बिहान १० बजे अनशन तोडेका हुन्।

प्रतिक्रिया दिनुहोस्