Light Nepal

कैलालीमा एक–आपसमा बस ठोक्किँदा १९ जना घाइते

कैलाली २९ पुस । कैलालीको लम्कीचुहा नगरपालीका ६ स्याउलेमा आज बिहान बस एकआपसमा ठोक्किँदा १९ जना घाइते भएका छन ।

बिहान ७ः३५ बजे टिकापुरबाट धनगढी जाँदै गरेको ना ४ ख ५१३२ नम्बरको सुदुरपश्चिम यातायातको बस र धनगढीबाट नारायणगढ जाँदै गरेको ना ७ ख २२६ नम्बरको कालीका यातायातको बस एकआपसमा ठोक्किएको ईलाका प्रहरी कार्यलय लम्कीले जानकारी दिएको छ ।

बस बाक्लो हुस्सुका कारण एक आपसमा ठोक्कीएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ५ जनाको लम्कीस्थित् लालरत्न अस्पतालमा उपचार भइरहेको छ भने १४ जनालाइ नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

केहि घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन । दुर्घट्नामा परि बस चालक गेटा कैलालीका दिनेश बहादुर बोहोरा र नारायणी यातायातको बसका चालक प्रेम श्रेष्ठ, भल्काकी रञ्जु खड्का, दाङ्गका दानबहादुर बुढा मगर, बलियाका तारा न्यौपाने र परिचय नखुलेका एक जना भल्काका स्थानियको अवस्था गम्भी रहेको, लम्की स्थीत लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेज कोहोल्पुर रेफर गरीएको अस्पताल स्रोतले बताएको छ ।

दुर्घटनामा परि धनगढीका रमेश भण्डारी, महेश महरा, चेृतराज जोशी, पशुपति चौधरी, गौतम थारु, भल्काका दिप प्रभात, दाङ्गका डम्मबर कार्कि, नवलपासिका टीका प्रसाद चौधरी, हिरीमनी महतो, भुपेन्द्र महतो, धनबहादुर थापा, इन्द्र बहादुर कुमाल, रुपन्देहीका टंक प्रसाद पन्ती लगायतकाको लालरत्न अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरक्षक सुरज खडकाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्