माता मनकामनाले सबैको मनोकांक्षा पुरा गरुन, शनिबार २९ पुष/जनवरी १३ को राशिफल

लाइटनेपाल

आज श्री शाके १९३९ बि. स. २०७४ साल पौष २९ गते शनिबार इश्वी सन २०१८ जनवरी १३ तारीख माघकृष्ण पक्ष द्वादशी तिथी चन्द्रमा बृश्चिक राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु – ज्यो . पं . सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खानपानको क्षेत्रमा बिषेश सजग रहनुहोला । बाणीका कारण सामान्य बादबिवादको सामना गर्नु पर्नेछ । मित्रजनहरुको साथ सहयोग द्वारा आर्यआर्जका क्षेत्रमा भने उत्तम समय रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा भने समय मध्यम रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ब्यापार ब्यवसायको क्षेत्रमा सामान्य घाटा ब्यर्हाेनु पर्ने सम्भाबना रहोकोछ । प्रेम सम्बधमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य कार्य सम्पादनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । सभासम्मेलनमा जन्य कार्यमा आत्मसम्मानमा ठेस पुग्न सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

तपाई द्वारा सम्पादितकार्यमा खोट देखाउने हरुको बृद्धि हुनेछ । प्रतिस्पर्दा जन्य कार्यका क्षेत्रमा सजग रहनु होला । तात्कालिक यात्राको योग आईपर्न सक्नेछ । शारिरीक आलस्यताले कार्य सम्पादनमा समेत प्रभाब पार्न सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बौधिक ब्यत्तित्व हरुको सामु आफु कमजोर भएको महसुस हुनेछ । नयाँ कार्य सुचारु द्वारा बिभिन्न आम्दानिका श्रोतहरु जुट्नेछ । गैर बिश्वसनिय ब्यत्तिहरुको पछि लाग्नाले सामान्य झन्झट प्राप्त हुन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आटँ शाहसको कमीका कारण सामान्य कार्यको निम्ती अधिक समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सम्भाबना रहेको छ । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । मान्यजनको स्वास्थमा आएको खराबिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । परोपकारका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com