Light Nepal

चुनावमा लज्जास्पद हार पछि कांग्रेसले थाल्यो राजतन्त्रको वकालत

निर्वाचनमा लज्जास्पद पराजय पछि नेपाली कांग्रेसका नेताहरु राजतन्त्रको वकालत गर्न थालेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता रामशरण महतले पटक पटक देशमा राजा आवश्कि रहेको बताउन थालेका छन् ।

हालै एक संचारसंस्थालाई दिएको अन्तरवार्तामा नेता महतले भने ‘समय बित्दै जाँदा झन् धेरै समस्या र चुनौति मुलुकमा खडा भएका छन्। त्यसलाई सम्वोधन गर्नका लागि दूरदर्शी नेतृत्व भने हराउँदै गएका छन् या त्यो समस्या समाधान गर्न सक्ने वा ‘कमाण्ड’ गर्न सक्ने नेतृत्वको कमी भएकै छ। नेतृत्वको गुणस्तरीयता घट्दै गएको छ।’

उनले अन्तरवार्ताका क्रममा भनेका छन् ,’नेतृत्वमा उपभोगमुखी प्रवृति बढेको छ। अल्पकालीन सोच र सस्तो लोकप्रियता बढी हावी भएको छ। हाम्रो संविधान साधारण हुनुपर्छ भन्दा भन्दै पनि जटिल भयो। साँच्चै भन्ने हो भने त २०४७ सालकै संविधान धेरै नै राम्रो (फार बेटर) थियो। राजा नभएको मानिसले महसुस गर्न थालेका छन्। यहाँ जुन प्रकारको भ्रष्टाचार भएको छ, जुन खालको बेथिति बढेको छ, नियुक्तिमा जताततै भ्रष्टाचार देखिएको छ।’

वहुदलिय पार्टीका नेतृत्वकर्ताको आलोचना गर्दे कांग्रेस नेता महतले भने, ‘संवैधानिक निकायका पदाधिकारी नियुक्तिदेखि सचिव नियुक्तिसम्म भ्रष्टाचार नै भ्रष्टाचार छ। राजा हुँदा त्यो सम्भव थिएन। त्यो बेला मानिस घुस खान डराउँथे। दरबार छ हामीलाई सजाय होला भन्ने डर थियो उनीहरुमा। अहिले कसैको कसैलाई डर छैन। कहीँ न कहीँ कुनै न कुनै रुपमा एउटा अभिभावको अभाव अनुभव भएको छ जनतालाई। अग्रगमनका नाममा हामी धेरै नै प्रतिगमतर्फ धकेलिइरहेका छौं। सुशासन पनि धेरै नै बिग्रिएको छ।’

आफू पटक पटक अर्थमन्त्री हुंदा सरकारी स्वामित्वका उद्योग धन्दा धरासायी बनाएको आरोप लाग्ने गरेका नेता महतले भने, ‘राजतन्त्र मंहगो छ भनेर हामीले त्यसलाई फ्याँक्यौं। अब कति वटा राष्ट्रपति, पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेशप्रमुखहलाई कसरी पाल्ने राज्यले त्यो अकल्पनीय छरु एउटा व्यक्ति राष्ट्रपति भएपछि उनलाई जीवनभर खर्च दिनुपर्छ। उपराष्ट्रपतिलाई पनि त्यही आवश्यक छ, सुविधाभोगी प्रवृति बढिरहेको छ। मुख्यमन्त्रीलाई पनि त्यही खर्च आवश्यक छ।

सरकारी ओहदामा रहेका र आर्थिक क्षमताले नभ्याएकालाई मात्र सरकारले उपचार खर्च जुटाउनु पर्नेमा नेताहरुकै उपचारमा करोडौं रुपैयाँ खर्च भइरहेको छ ।’
देशमा विनासकारी भुकम्प गएको बेला सरकारी कोषवाट नुवाकोटमा बांड्न लगिएको जस्तापाता भुकम्प पीडितलाई नदिई महतका भतिजले बेचेर खाएको समेत चर्चा चलेको थियो ।

कांग्रेसमा राजतन्त्र मोह यतिमै सिमित छैन । भ्रष्टाचारी प्रमाणीत नेता खुमबहादुर खड्का राजतन्त्र फर्काउने आन्दोलनमा एकताका सकृय सहभागी थिए । कांग्रेसका महामन्त्री शशांक कोइराला पनि राजतन्त्र पक्ष्धर मानिन्छन् । राजाको सकृ शासनकालमा गणतन्त्रको चर्को नारा उराल्ने युवा नेता गगन थापालाई तत्कालिन पार्टी सभापती गिरीजाप्रसाद कोइरालाले दरवारीया भएको आरोप समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्