एमाले युवा नेता योगेश भट्टराई भन्छन्, ‘अध्यक्षको आग्रहमा नेतृत्व परिवर्तनको च्याप्टर क्लोज भयो’

सिर्जना

काठमाण्डौ, २८ पुस । नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री र निर्वाचन आयुक्तले सौदाबाजी गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले सरकार नछोड्ने, निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप नेता भट्टराईको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवाले जनादेश प्राप्त दललाई सरकार छोड्नुपर्ने सवएमान्य सिद्धान्त बुझेर पनि बुझपचाएको आरोप लगाए । ‘ प्रधानमन्त्रीले नबुझेका होईनन्, तर उनले बुझीबुझी बुझ पचाएका छन्, देउवाको नियत सफा देखिएन ‘ भट्टराईले भने ।

उनले प्रधानमन्त्रीले जस्तै निर्वाचन आयोगले पनि समस्या सिर्जना गरेर हलो अड्काउने काम गरेको आरोप लगाए ।  आयोगलाई निर्वाचन मतपरिणाम तत्काल सार्वजनिक गर्न भनेर पटक–पटक आग्रह गर्यौं भट्टराईले भने, नतिजा सार्वजनिक गर्न आलटाल गरिएको छ ।

भट्टराईले अघि भने,‘हामीलाई अचम्म लाग्छ, निर्वाचन आयोगका पदाधिकारीहरु सौदावाजी गरिरहेका छन् । उनले आयोगलाई विलम्ब नगरी तत्काल परिणाम घोषणा गर्न आयोगलाई आग्रह गरे ।

उनले हालै बसेको पार्टीको स्थायी कमिटीको बैठकमा बुढापाका नेताहरुले अब विश्राम लिनुपर्छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर आफूले यसअघि नै उठाएको विषयको बारेमा छलफल नै नगरौं भनेर अध्यक्ष केपी शर्मा ओलीले भनेकोले अब त्यो च्याप्टर क्लोज भएको समेत स्पष्ट पारे ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com