Light Nepal

डा गाविन्द केसी माथि प्रहार जारी, कांग्रेस नेता रामशरण महतले दिए यस्तो चेतावनी

काठमाण्डौ, २८ पुस । पछिल्लो समय आमरन अनसनरत डा गोविन्द केसीका विपक्षमा केही नेता र नेपाल वार एसोसियसन समेत उभिएको छ । नेपाली कांग्रेसका नेता डा। रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले डा केसीलाई यस्तो चेतावनी दिएका हुन् ।,‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन्।’उनले भने ।

उनले राजनीतिक दलहरुले पनि अदालतलाई प्रभाव पाने काम गर्न नहुने बताए । नेता महतले डा। केसीको कउयाकलापले गलत तरिका स्थापित हुने बताए । उनले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले डा केसीले माग गर्दैमा राजिनामा दिन नहुने बताएका छन् । सत्य तथ्या बाहिर आउनुपर्छ उनले भने राजिनामा दिने नदिने प्रधानन्यायाधीशमा भर पर्छ ।

केसीले शैक्षिक तथा स्वास्थ्यसम्बन्धी उठाएका जायज माँगहरु सरकारले पुरा गर्नुपर्ने बताए । ति मध्ये केही आफु अर्थमन्त्री हुँदा पूरा गरिदिएको पनि जानकारी दिए । उनले भने,‘केसीले उठाएका मेडिकल एडुकेशनसम्बन्धीका माँगमा राम्रा कुराहरु छन्, तीनलाई सम्बोधन गर्न मैलेपनि पहल गरेकै हो ।’
नेता महतले न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निक्र्यौल गर्ने स्पष्ट पारे ।

उनले भने,‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन्।’

प्रतिक्रिया दिनुहोस्