Light Nepal

एमालेका तर्फवाट राष्ट्रिय सभामा जान यस्ता योग्यता चाहिने

काठमाण्डौ, २८ पुष । नेकपा एमालेले राष्ट्रिय सभामा पठाउने उम्मेदवारका लागि मापदण्ड निर्धारण गरेको छ । एमाले केन्द्रिय सचिवालयको शुक्रवार बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि मापदण्ड तय गरेको हो ।

बैठकले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हारेका तथा समानुपातिकको बन्द सूचीमा परेकाहरुलाई राष्ट्रियसभा सदस्य नबनाउने निर्णय गरेको छ ।

बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ । जसमा ‘स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नभएका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका’ राष्ट्रिय सभा सदस्यका उम्मेदवार बन्नेछन् भनिएको छ ।

यो संगै पार्टीमा लामो योगदान गरेका, विभिन्न क्ष्त्रमा विशिष्ट योगदान पुर्याएका र विज्ञलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ ।
एमालेले माघ ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्ने भएको छ । त्यसका लागि प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्