डा. गोविन्द केसीविरुद्ध नेपाल वार, प्रधानन्यायाधीशको विवादमा बोलेन

सिर्जना

काठमाण्डौ, २८ पुष । नेपाल वार एसोसियसनले डा गोविन्द केसीलाई आमरन अनसन स्थगन गर्न सुझाव दिएको छ । वारले केसीको सो कार्यलाई असोभनिय भनेको छ । सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई साधारण तारेखमा रिहा गरेपछि पनि अनशन जारी राख्नु स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय छ नेपाल वारले भनेको छ ।

यसोसियसनले शुक्रवार विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीको बचाउ गरेको छ । एसोसिएसनको विज्ञप्तीमा प्रधान न्यायाधीशको आचरण र उनीमाथि उठेको प्रश्नबारे केही बोलेको छैन ।

विज्ञप्तिमा भनिएको छ, ‘डाक्टर केसीलाई आमरण अनशन जारी राखेकाले आमरण अनशन नबस्न नेपाल बार एसोसिएसन अनुरोध गर्दै सबै प्रकारको दबाव र प्रभाव स्वतन्त्र नयायपालिकाको लागि अशोभनीय हुने हुँदा यस प्रकारको कार्य नगराउनु होला ।’

विज्ञप्तीमा डा गोविन्द केसीले जारी राखेको कृयाकलापले गलत प्रकृया र पद्धतीको विकास हुने उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ ‘अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी मात्र नगरी व्यक्तिगत रुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने, आफ्नो अनुकुलतामा फैसला आदेश नभएमा प्रधानन्यायाधीशको राजिनामा माग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनशन जारी राख्ने जस्ता विषयवस्तुले पश्रय पाउने हो भने र त्यस विषयलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयवस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा नै जटिलता मात्र देखिने नभइ गलत प्रकिया र पद्धतिको विकास हुनेछ ।

बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उजुरी परेमा न्याय परिषद्ले अध्ययन गर्ने बताएको छ । वारले डा केसीलाई उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरेको छ ’

बार एशोसिएसनले डा। केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ ।

महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारको दबाव र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपील गर्दछ ।’

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com