Light Nepal

प्रचण्डको चिठी शेरवहादुरको हातमा, साथ छोडेको घोषणा

काठमाण्डौ, २८ पुष । विनाविभागीय मन्त्रीको हैसियतमा झण्डै चार महिना सरकारमै रहेका माओवादीका मन्त्रीले शुक्रवार सामूहिक राजीनामा दिएका छन् । सरकारमा गएको चार महिनामै प्रधानमन्त्री शेरवहादुर देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए ।

विहिवार सार्वजनिक विदा परेकोले माओवादी केन्द्रले शुक्रवार प्रधानन्धी शेरवहादुर देउवालाई सरकार छोडेको पत्र बुझाएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारवाट आफ्ना नेतालाई फिर्ता बोलाएको पत्र लेखेका थिए ।

सरकारलाई प्रचण्डले लेखेको सो पत्र लिएर विनविभागीय जिम्मेवारीमा रहेका गिरिराजमणि पोखरेल प्रधानमन्त्री निवास् पुगेका थिए । ‘बिहीबार नै हामीलाई पार्टीले सरकारबाट फिर्ता बोलाएको थियो,’ उनले भने, ‘सार्वजनिक बिदा परेकाले शुक्रबार पार्टीको पत्र प्रधानमन्त्रीकहाँ पुर्याएको  छु ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा माओवादी सरकारमा नरहेको पत्र पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।
माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई अब सरकारमै राखिरहन ‘औचित्यपूर्ण’ नहुने निष्कर्ष निकाल्दै फिर्ता बोलाउने निर्णय गरेको हो । माओवादीका नौ मन्त्री र सात

राज्यमन्त्री मन्त्रिमण्डलमा सहभागी थिए । उनीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ मा जिम्मेवारीमुक्त गरेका थिए ।प्रदेश सभा र प्रतिनिधि सभाले नयां जनादेश दिएकाले त्यसैका आधारा अघी बढ्ने निष्कर्ष सहित माओवादीले सरकार छोड्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्