Light Nepal

वाम एकतामा अरु पनि जोडिदै, प्रचण्डले गरे खुलासा

म्याग्दी, २८ पुस / नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकिकरणमा एमाले र माओवादी सहित अन्य पाटी पनि जोडिने सम्भावना रहेको बताएका छन् । उनले वाम एकतालाई जनताले अनुमोदन गरिसकेकाले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीकृत गर्न पहल

भइरहेको खुलासा गरेका छन् । माओवादी नेता प्रचण्डले वाम एकताको खाका तयार पार्ने काम भइरहेको र यसले छिट्टै पूर्णता पाउने दावी गरे ।

नेता दाहालले जनताले निर्वाचनवाट अनुमोदन गरेकाले अबको बामगठबन्धनको काम विकास र सुशासन रहेको बताए ।

माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्ने काममा सघाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

“धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पा¥यौँ”, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले भने, “अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।” त्यसका लागि कार्यकर्तालाई सकृय भएर लाग्न निर्देशन दिए ।

शुक्रबारदेखि बेनीमा शुरु हुन लागेको छैटौँ म्याग्दी महोत्सवको उद्घाटनका लागि अध्यक्ष प्रचण्ड बेनी पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्