मुलुकभरका नर्सहरु काम छाडेर अस्पताल बाहिर, यस्तो छ कारण

सिर्जना

काठमाण्डौ, २८ पुष । शुक्रावार मुलुकभरमा नर्सहरुले काम छोडेर अस्पताल बाहिर निस्किएका छन् । विभिन्न माग राख्दै बुधवारदेखि आन्दोलन सुरु गरेका मुलुकभरका नर्सहरुले शुक्रवार पनि आन्दोलन जारी राखेका हुन् । शुक्रबार पनि देशभरका नर्सहरु एक घण्टा अस्पतालमा ड्युटी छोडेर बाहिर निस्केका हुन् । ‘माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । नर्सहरुले विभिन्न ११ सुत्रीय माग राखेर आन्दोलन थालेका हुन् ।

भक्तपुर स्थित मानवअंग प्रत्यारोपण केन्द्रका नर्सहरुमाथि भउको ज्यादती र विभेद विरुद्ध देशभरका नर्सहरु आन्दोलित भएका हुन् । उनीहरुले अन्य स्वास्थ्य संस्थाहरुमा पनि नर्सहरु माथि शोषण र नर्स नर्सिङ पेशामा नीतिगत बिभेद भएको भन्दै सच्याउन माग गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको मानवअंग प्रत्यारोपण केन्द्रको बिषयमा बनेको छानविन समितिले बुधबारनै मन्त्रालयमा प्रतिवेदन पेश गरिसकेको छ। प्रतिवेदनले मानव अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य मन्त्रालयको नियमावली बिपरित कर्मचारी भर्ति गरेको र आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्न नसकेको कमजोरी औंल्याएको छ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com