Light Nepal

बरिष्ठ अधिवक्ता भट्टराईले प्रधानन्यायाधीशलाई भने , मुद्याको टुंगो नलाग्दा सम्म पदीय हैसियत छोडेर बस्नुस्

काठमाण्डौ, २८ पुष । बरिष्ठ अधिवक्ता टिकाराम केसीले नागरिकता र शैक्षिक प्रमाणपत्रको बारेमा टुङ्गो नलागेसम्म प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले पदीय हैसियतबाट टाढा रहनुपर्ने बताएका छन् । आँफैले प्रधानन्यायाधिशको हैसियतमा आफ्नै बारेमा मुद्दा, बहस चलाउँदा निष्पक्ष हुन नसक्ने भट्टराईको तर्क छ ।

गोविन्द केसीले पनि संवैधानिक सर्वोच्चताको ख्याल गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । “केसीको सबै माग जायज नभएपनि स्वार्थका लागि माग अघि सारेको होइन ” भट्टराईले भने ।

राजिनामा नदिएसम्म अनशन बसिरहन्छु भन्ने तरिकाले केसी अडानमा बस्न नहुने उनको सुझाब छ । बरिष्ठ अधिवक्ता भट्टराईले डा. गोविन्द केसीले राखेका माग वा आरोप अभिव्यक्ति स्वतन्त्रताको हक भएको बताएका छन् । तर उनले डा केसीका सबै माग जाय भन्न नसकिने बताएका छन् ।

उनले केसीले उठाएका माग प्रधानन्यायधीश विरुद्ध उठेका यित धेरै मुद्या इतिहांसमै पहिलो भउको टिप्पणी गरे । पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि नै प्रश्न उठाएको विषय नेपालकै संवैधानिक इतिहासमा पहिलोपटक प्रधानन्यायाधिशले नागरिकता किर्ते गरेको, शैक्षिक प्रमाणपत्रको योग्यता नपुगेको भन्ने विषय सर्वोच्च अदालतमा अभिलेखमा रहने जाने भट्टराईले बताए ।

पत्रकार ऋषी धमलासंगको कुराकानीमा उनले विगतमा डा। केआइ सिंहले अदालतमा सहसिक बयान दिएको उदाहरण दिदै भट्टराईले विपि कोइरालाले पनि आफ्नो गिरफ्तारीको सन्दर्भमा विशेष अदालतमा दिएको बयान साहसिक मानिएको बताए । अहिले गोविन्द केसीले सर्वोच्च अदालतमै गएर डर त्रास बिना सहसिक बयान दिने व्यक्तिको रुपमा स्थापित भएको बताए ।

उहाँले जुन गम्भीर प्रकृतिका आरोप लगाउनुभएको छ, त्यो आरोप विगतमा न्याय परिषद्ले गलत ठहर गरेको भए पनि तत्कालिन प्रधानन्यायधिश शुशीला कार्कीले पराजुलीको शैक्षिक प्रमाणपत्र पेश गर्न दिएको आदेश अहिलेसम्म पालना नभएको भट्टराईको दाबी छ । “गोपाल पराजुली आफैँ न्याय परिषदको अध्यक्ष भएपछि मात्रै उक्त शैक्षिक प्रमाणपत्र छ भनेर भनिएको मात्रै हो ।” भट्टराईले भने ।

“शुशीला कार्की न्याय परिषदको अध्यक्ष हुँदा किन ति प्रमाणपत्र पेश भएनन् रु सम्मानित गोपाल पराजुली आफैँ अध्यक्ष भएपछि सबै ठिक छ भनेर किन भनियो रु” भट्टराईले प्रश्न गरे ।

पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका बारेमा सडकमा उठेको कुरालाई केसीले अदालतसम्म पु¥याएर गम्भीरता रहेछ भन्ने प्रमाणित गरिदिएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्