विवाह पछी अनुष्काको यस्तो रुप

लाइट नेपाल डटकम

अनुष्‍का शर्माको आगामी चलचित्र ‘परी’को टिजर सार्वजनिक भएको छ। १८ सेकेन्डको टिजरमा अनुष्‍का शर्मा मात्र देखिएकी छन्।

‘परी’ले ९ फेब्रुअरीलाई आफ्नो प्रदर्शन मिति तय गरेको थियो । तर, यस मितिमा चलचित्र ‘अय्यारी’ प्रदर्शनमा आउने भएपछि ‘परी’ को प्रदर्शन मिति पछि सरेको छ। अब भने ‘परी’२ मार्चमा प्रदर्शन हुनेछ।

प्रोसित रोय निर्देशित चलचित्रमा अनुष्कासँगै रजत कपुर, परमव्रतत चट्टर्जी र रिताभरि चक्रवर्तीको मुख्य भूमिका रहेको छ। ‘परी’अनुष्काको होम प्रोडक्शनबाट उत्पादित हरर चलचित्र हो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com