Light Nepal

कुनै समय मासिक २० लाख भन्दा बढी कमाएर कार चढ्ने गायक राजु परियारको बिचल्ली! भन्छन “मेरो बासस्थान चिहान हो”

नेपाली लोकसंगीतका सर्वाधिक सफल गायक राजु परियारबारे धेरैलाई अत्तोपत्तो छैन । नेपाली गीतसंगीतको इतिहासमा सवै भन्दा धेरै गीत गाएका परियार अहिले सांगीतिक क्षेत्रमा गुमनाम जस्तै छन् । राजु परियारले झण्डै दश हजार लोक तथा दोहोरी गीत गाएका छन् ।

उनले गाएका धेरै गीतले बाजी मारेका छन् । ‘गड गिफ्ट’ स्वरले परिचित राजु परियार पछिल्लो तीन चार बर्षदेखि सांगीतिक क्षेत्रमा त्यति सक्रिय छैनन् । लम्जुङ्ग स्थायी घर भएका परियारको अहिले बसोबास कहां छ ? के गर्दै छन् ? किन गाउने छाडे गीत ? भन्ने प्रश्न उनका शुभेच्छुक र स्वयं कलाकारले गर्न थालेका छन् । काठमाडौंमा  झण्डै आधा दर्जन रेकडिङ्ग स्टुडियोले लोकगीत धेरै रेकर्ड गर्छन् । तर ती स्टुडियोमा राजु परियार नपुगेको धेरै भयो । लोक दोहारीलाई व्यवसायीक बनाउनमा राजुको स्वरलाई पनि ‘जस’ दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्