भारतको एकाधिकार तोड्दै नेपालको संचारमा चिनको प्रवेश

सिर्जना

काठमाण्डौ, २८ पुष । संचार क्षेत्रमा भारतिय एकाधिकारलाई तोड्दै शुक्रवारवाट चिनको प्रवेश भएको छ । नेपालमा चिनिया इन्टरनेट सेवा शुक्रवारवाट सुरु भएको हो । भारतिय इन्टरनेटको एकाधिकारलाई तोड्दै पहिलो पटक नेपाल चिनिया इन्टरनेट सेवा प्रवेश गरेको हो ।

नेपाल टेलिकमले व्यवसायिक रुपमा चीनबाट ल्याएको इन्टरनेट सेवा भित्र्याएको छ । सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले अपरान्ह सो सेवाको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । योसँगै २ दशकभन्दा लामो समयदेखिको भारतीय एकाधिकार समेत अन्त्य भएको छ ।

भारतबाटमात्र इन्टरनेट कनेक्सन ल्याइरहेको टेलिकमले प्रतिस्पर्धी र भारत मात्रैको परनिर्भरता अन्त्य गर्न रसुवागढी नाका हुँदै चीनबाट ब्यान्डविथ किन्ने विषयमा चाइना टेलिकम ग्लोबलसँग गत मंसिर २२ गते सम्झौता गरेको थियो ।

सोही सम्झौता बमोजिम चिनियाँ स्थलमार्गबाट रसुवा हुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट टेलिकमले इन्टरनेट कनेक्सन ल्याइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com