अन्तिम ४ दिन डिन बनेका डा शशी शर्माको गोविन्द केसीलाई चेतावनी ‘अस्पताल भित्र बसेर फोहोरी खेल नखेल्नु, हिम्मत छ भने प्राध्यापक पद छोडेर रत्नपार्कमा अनसन बस्नु’

लाइट नेपाल डटकम

काठमाडौं – चार दिन मात्र चिकित्साशास्त्र अध्यन संस्थान (आइओएम) डिन बनेका डा शशी शर्माले डा गोविन्द केसीलाई डिन बनेर देखाउन चेतावनी दिएका छन् । एउटा संचार माध्यमसंगको अन्तरवार्तामा डा शशीले चुनौती दिंदै भनेका छन् ‘यदि साच्ची नै तपाईँ अस्पताललाई माया गर्नुहुन्छ र बिरामीहरुको माया गर्नुहुन्छ भने डिन बनेर आउनुस्। डिन बनेर अस्पताललाई सुधार्नुस्। पहिला आफू रोल मोडल बनेर देखाउनुस् अनि अरुको विरुद्ध अनशन बस्नुस्।’

उनले डा केसीलाई सांच्चै स्वास्थ्य क्षेत्रको सुधार चाहेको हो भने रत्नपार्कमा गएर अनशन बस्न चेतावनी दिए । उनले स्वास्थ्य क्षेत्रमा डा केसीले राजनीति गरेको प्रतिकृया दिंदै डा शशीले प्राध्यापक पद छोडेर नेताको पछि लाग्न समेत सुझाव दिए । डा शशीले अस्पतालभित्र बसेर डा केसीले फोहोरी खेल खेलेको आरोप लगाए ।

चार वर्षअघि सरकारले बर्खास्त गरेका डिन प्राध्यापक डा शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेसँगै अर्का प्राध्यापक डा गोविन्द केसी अनशनमा बसेका हुन् । डा हहीलाई पुनर्वहाली गरेकै कारण डा केसीले प्रधानन्यााधीशको राजिनामा माग गर्दे अनशन वसेका हुन् ।

कुराकानीका क्रममा डा शशीले चारवर्ष पछि चार दिनका लागि डिन बनेर आउंदा पनि आफुलाई सवैले स्वागत गरेको बताएका छन् । चार दिनमा परीक्षा लिने र स्ववियुका पदाधिकारीसँग छलफल गरेर ताला खोल्ने काम आफुले गरेको बताए ।

आइओएममा आफ्ना कारणले नभै डा अग्रवालका कारणले ताला लागेको भन्दै त्यसलाई खोल्ने काम आफुले गरेको बताएका छन् ।

प्राध्यपक, आइओएमको कर्मचारी तथा विद्यार्थीहरुले आफुलाई स्वागत गरेको उनको भनाई छ । डा केसी अनशन नबसेको भए त्रिभुवन विश्वविद्यालयले आफ्नो कार्यकाल बढाउने सम्भावना भए पनि आफुले नै निरन्तरता दिन नचाहेको उनले बताए । डा कसेसी अनसनमा बसेका कारण कार्यकाल बढाउन नचाहेको उनको भनाई छ । ‘म अनशनकारीलाई झेलेर एक मिनेट पनि पदमा बस्न सक्दिन’ उनले भने ।

डा शशीले अनशनको नाममा सात दश जना डाक्टर राखेर जनतालाई झुक्याउने काम डा केसीले गरेको आरोप लगाए । यस्तो पनि अनशनको मापदण्ड हुन्छरु उनले भने ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com