अब प्रधानन्यायाधीश पछि केपी ओलीको पालो भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने ” अबको नैतिक लडाई केपी ओलीविरुद्ध”

लाइट नेपाल डटकम

काठमाण्डौ, २७ पुष । प्रधानन्यायाधीश विरुद्धको लडाईमा रहेका डा गोविन्द केसीका समर्थकहरुले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ । प्रधानन्यायाधीश राजिनामा माग्दै आमरण अनसनमा रहेका डा। गोविन्द केसी समर्थकहरुले विहिवार माइतिघर मण्डलामा गरेको कार्यक्रममा ओलीको विरोध गरेका हुन् । उनीहरुले अबको प्रहार केपी ओली लक्षित हुने चेतावनी दिएका छन् ।


एमाले अध्यक्ष ओलीले आफुहरुको आन्दोलनलाई मजाक बनाएको भन्दै त्यसको प्रतिकारमा उत्रने बताएका छन् । वुधवार उपचारका लागि बैंकक जाने क्रममा अन्तराष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले कानुनको विषयमा ज्ञान नभए डा केसीलाई सोध्नु भनेर टिप्पणी गरेका थिए ।  डा केसीका समर्थक त्यसको प्रतिकारमा उत्रिएका हुन् ।

डा। केसीको समर्थनमा बिहीबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा मात्र मागेनन्, ओलीको आलोचना पनि गरे ।

अधिवक्ता ओमप्रकाश अर्यालले एमाले अध्यक्ष ओलीको पछिल्ला अभिब्यक्ति आफुहरुले नजिकवाट हरिरहेको बताउंदै प्रतिकार गर्ने अवस्था आएको बताए । उनले डा केसीको समर्थनमा आयोजना गरेको कोण सभालार्य सम्बोधन गर्दे केसीको सत्याग्रहले ल्याएका उपलब्धीलाई खिसिटिउरी गर्ने रु जोक बनाएर उडाउने काम एमाले अध्यक्ष ओलीले गरेको भन्दै अब नैतिकको लडाइँ ओलीविरुद्ध हुने चेतावनी दिए ।

उनले त्यसका लागि २०२८ सालको झापा काण्डलाई नजिरका रुपमा उठाउने बताए । झापा काण्डमा ओलीको संलग्नता रहेको भन्दै उनले भने, त्यो घटनालाई अदालतले अपराध भनेर ठहर गरेको छ, हामीले त्यो विषयलाई उठाउंछौं ।ू उनले ओलीलाई पार्टी अध्यक्ष मात्र होइन, प्रधानमन्त्री हुन पनि अयोग्य भएको टिप्पणी गरे ।

अधिवक्ता अर्यालले एमाले अध्यक्ष ओलीलाई माफियाहरुको संरक्षक भन्दै टिप्पणी गरेका छन् । ‘ओलीविरुद्धको नैतिक लडाइँ अबको हाम्रो मिसन हो’ उनले कोणसभामा भने ।

डा। केसीका अर्कासहयोगी डा। अभिषेक राज सिंह पनि एमाले अध्यक्ष ओली विरुद्ध खनिएका छन् । उनले ओलीलाई माफियाको घेरामा रहकेो ब्यक्ति भन्दै त्यो घेरा बाहिर आएर बहस गर्न चुनौती दिए । उनीहरुले एमाले अध्यक्ष ओलीको दिनगन्त सुरु भएको भन्दै कडा टिप्पणी गरेका छन् ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com