कागजपत्र नहुने नेपालीलाई अमेरिकावाट आयो दुखद खबर

सिर्जना

एजेन्सी । आजकल हरेक नेपाली युवाको सपनाको शहर हुने गरेको छ अमेरिका । एक पटक अमेरिका पुग्ने रहर हरेक नेपाली युवा युवतीको हुने गरेको छ । तर अमेरिका प्रवेश गरेर गैरकानुनी रुपमा बस्न चाहने र लुकेर बसेकाहरुका लागि बुधवार नराम्रो खबर आएको छ ।

अमेरिकामा केही कम्पनीमा त्यहांको प्रशासनले छापा मारेर गैरकानुनी रुपमा बस्नेहरुलाई नियन्त्रणमा लिएको छ । गैरकानुनी रुपमा बसेकाहरुलाई काममा लगाउने समेत नियन्त्रणमा परेका छन् ।

यो संगै कागजपत्र नभएकाहरुलाई काम लगाउने व्यवसायीलाई प्रशासनले कडा चेतावनी दिएको छ जसको कारण अब गैर कानूनी रुपमा बसेकाहरुले अमेरिकामा काम पाउने ढोकाहरु बन्द हुँदै गएको छ ।

धेरैजसो नेपालीले समेत काम गर्दै आएको अमेरिकाको चर्चित खुद्रा ग्रोसरी स्टोर सेभेन ईलेभेनमा बुधबार मात्र दुई दर्जन बढी कामदारलाई गिरफ्तार भएका छन् ।

गैर कानूनी आप्रवासी रोक्ने ट्रम्प प्रशासनको योजनाअनुसार अहिले त्यहां धेरै कडाई गरिएको छ । सोही योजना अनुसार स्टोर र कम्पनीहरुमा अमेरिकी प्रशासनले छापा मारिरहेको छ ।

बासिङटन पोष्टले जनाएअनुसार बुधबार एकैसाथ विभिन्न १७ राज्यका ९८ वटा स्टोरमा छापा मारेर २१ जना गैरकानूनीको आशंका गरिएका कामदारलाई नियन्त्रणमा लिईएको छ भने केही स्टोर बन्द गराईएको छ ।

नियन्त्रणमा लिएकाहरु कुन कुन देशका हुन भन्ने खुलाईएको छैन । छापा मार्ने क्रममा गैर कानूनी कामदारलाई काम लगाउने स्टोरहरु बन्द गरिएको समाचारमा जनाईएको छ । नेपालीहरुले समेत काम गरेका स्टोरहरुमा पनि छापा मारेका कारण नेपालीहरु पनि नियन्त्रणमा परेको अनुमान गरिएको छ । तर त्यस वारे अझैसम्म केही खुलाइएको छैन ।

स्टोर मालिकलाई ३ दिनभित्र कामदारको विवरणसहित जवाफ पेस गर्न पनि भनिएको छ । वासिङटन डिसी, क्यालिफोर्निया, कोलोराडो, डेलावर, फ्लोरिडा, ईन्डियाना, मेरिल्याण्ड, टेक्साससहित १७ राज्यमा बुधबार छापा मारिएको थियो । राष्ट्रपति डोलान्ड ट्रम्पको कार्यकालपछि यहाँ भएको सबैभन्दा ठूलो छापाको रुपमा बुधबारको छापालाई लिईएको छ ।

टेक्सासमा केन्द्र रहेको सेभेन ईलेभेनले बुधबार नै एक विज्ञप्ती जारी गर्दै व्यक्तिगत रुपमा स्टोर सञ्चालन हुने र फ्रेन्चाईसी सम्झौतामै कानूनी काम गर्ने उल्लेख गरेको भन्दै गैर कानूनी कामदारलाई काम लगाएको प्रमाणित भए ति स्टोरहरुको सम्झौता खारेज गर्ने जनाएको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com