Light Nepal

स्पेनिस लिगमा खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा

काठमाडौं, २७ पुस । कोपा डेल रे अन्तर्गत रियल म्याड्रिड समग्रमा ५–२ को जित सहित क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको दोस्रो लिगमा खेलमा नुमान्सियासँग २–२ को बराबरी खेलेपछि पहिलो लिगमा पाएको ३–० को जित सहित समग्रमा रियलले ५–२ को जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश पाएको हो ।

आफ्ना मुख्य खेलाडीहरु रोनाल्डो, बेल, बेन्जमालाई आराम दिएको यस खेलमा रियलका लागि दुवै गोल लुकास भाजक्वेजले गरेका थिए । भने नुमान्सियाका लागि दुवै गोल गुइलेरनो फेर्नानडेजले गरेका थिए ।

यस सिजनमा संघर्ष गरिरहेको रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगेपनि अघिल्लो खेलमा ला लिगामा सेल्टासँग र अहिले यस खेलमा नुमान्सियासँग नतिजा निकाल्न असफल भएपछि रियलक आलोचना भएको छ ।

प्रशिक्षक जिनेदिन जिदानले मुख्य खेलाडीलाई आराम दिएर अन्य खेलाडीलाई मौका दिएपनि उनका प्रयोगले नतिजा दिन असफल भइरहेकोले रियलको चिन्ता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्