Light Nepal

आइजिपी नियुक्तिबारेका समाचारबारे छलफल गर्न अनलाइनका सम्पादकलाई पत्राचार

काठमाडौँ, २६ पुस – प्रेस काउन्सिल नेपालले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणसम्बन्धी समाचारबारे प्रष्ट लिखित धारणासहित छलफलमा उपस्थित हुन आज तीन अनलाइनका सम्पादकलाई पत्राचार गरेको छ ।

ती अनलाइनका सम्पादकलाई समाचारको स्रोत खुलाउन यसअघि महानगरीय प्रहरी परिसरले पूर्जी काटेकामा पत्रकारितासँग सम्बन्धित संघ÷संस्थाको आपत्तिपछि काउन्सिलले अनुसन्धानमा सघाउन पहल शुरू गरेको हो ।

‘सुशासन न्यूज डट कम’सहित ती अनलाइनलाई समाचारको स्रोतको सम्बन्धमा उठेका प्रश्नको लिखित जवाफसहित छलफलका लागि यही पुस २८ गते बिहान ११ बजे उपस्थितिका लागि पत्राचार गरिएको काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

आइजिपी नियुक्ति प्रकरणमा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्याङ्कन (कासमू) विवरण कीर्ते भएको भन्ने विषयमा प्रहरीले छानबिन गरिरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्