Light Nepal

कुवेतमा मृत्यु भएकाहरुको परिवारलाई ५ करोड २६ लाख क्षतिपूर्ति नेपाली राजदूतावास कुवेतले नेपाल पठायो (सूचीसहित)

कुवेत, २६ पुष । वैदेशिक राजगोरीका लागि कुवेत पुगेका नेपालीहरुलाई दिनुपर्ने क्षतिपुर्ती वापतको रकम नेपाली राजदूतावास कुवेतले नेपाल पठाएको छ । सन् २०१७ मा १५ जना मृतक कामदारहरुका आफन्तलाई क्षतिपूर्ति वापतको रकम नेपाल पठाएको हो ।
सन् २०१७ मा १५ जनाको क्षतिपूर्तिवापतको पाँच करोड २६ लाख ४३ हजार ९८३ रुपैयाँ पैसा परराष्ट्र मन्त्रालयमा पठाइसकिएको दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा कुवेत पुगेका र कामको शिलशिलामा मृत्यु भएकाहरुलाई दिनुपर्ने क्षतीपूर्ति वापतको रकम दुतावासले नेपाल पठाएको हो । नेपाली

नागरिकहरुको बीमा रकम, बाँकी तलव, सेवापश्चात पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाइसकेको नेपाली दूतावास कुवेतले जनाएको छ ।

कुवेतमा विगतका वर्षहरुमा मृतयु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको क्षतिपूर्ति पाप्तिका लागि दूतावासले कानून व्यवसायीहरुको मद्दतमा आवश्यक काम अघि बढाइरहेको थियो ।

उक्त रकम सम्बन्धित कामदारहरुको आफन्तले प्राप्त गर्ने गरी परराष्ट्र मन्त्रालयमा पठाइएको दूतावासले जनाएको छ ।

साथै यसको अतिरिक्त अन्य १६ जना मृतक कामदारहरुको नाममा प्राप्त भएको कुल २४०१ कुवेती दिनार समेत नेपाल पठाइएको रकममा समावेश गरिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयमा पठाइएको रकमको बिबरण

१. विष्णु बहादुर मर्साङ्गी,पाल्पा – ३९,३४५।०० कुवेती दिनार
२. भुपाल ओली, दाङ – २६,२९६।०० कुवेती दिनार
३. भुमी प्रसाद रार्इ, खोटाङ – २५,३००।०० कुवेती दिनार
४. मन कुमारी थापा, रूपन्देही – १८,४२३।०० कुवेती दिनार
५. झक बहादुर छन्त्याल, बाग्लुङ – १३,२६७।०० कुवेती दिनार
६. सकिल मन्सुरी एम डी, सिराह – ८,३७०।०० कुवेती दिनार
७. राजेन्द्र काफ्ले, झापा, – ८,२२४।०० कुवेती दिनार
८. अर्जुन प्रसाद भेटवाल, झापा – ८,१९३।०० कुवेती दिनार
९. जित बहादुर कटुवाल, तेह्रथुम – ४,००९।०० कुवेती दिनार
१०. नौसादा सेख, महोत्तरी, – ९४७।३५० कुवेती दिनार
११. महेन्द्र यादव, धनुषा – ९२६।०० कुवेती दिनार
१२. सञ्जिव थापा मगर, बाँके – ६६१।५०० कुवेती दिनार
१३. हिरा सुनार, सुर्खेत – ६४२।०० कुवेती दिनार
१४. अनु तामाङ, झापा – ५८२।०० कुवेती दिनार
१५. दिपा तामाङ गोले, सिन्धुपाल्चोक – २००।०० कुवेती दिनार

प्रतिक्रिया दिनुहोस्