Light Nepal

इजरायलमा “गुरुमाता भागवत वाचिका राधिका दासजीको उपस्थितिमा” बृहत आध्यात्मिक प्रवचन कार्यक्रम हुदै

इजरायल – हिन्दु जागरण नेपाल अभियान इजरायलको आयोजनामा आगामी १६ फेब्रुअरी २०१८ शुक्रबारका दिन गुरुमाता भागवत वाचिका राधिका दासजीको उपस्थितिमा हुन गइरहेको बृहत आध्यात्मिक प्रवचन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।


हिन्दु धर्मालम्बीहरुको बिशेष धार्मिक पर्व श्रीस्वस्थानी तथा माहाशिबरात्रीको अवसरमा आयोजना गरिने बृहत धार्मिक प्रवचन गर्न लागेको सस्थाले बिज्ञप्तिमा उल्लेख गरेको छ । कार्यक्रमका लागि पाल्नुहुने गुरु माता दासजीको कागजी तथा कानूनी प्रकिया लगायत हल ब्यबस्थापन तथा सम्पूर्ण पूर्व- तयारी सकिन लागेको सस्थाले जानकारी गराएको छ ।

यसका साथै कार्यक्रममा प्रबचनको बीच-बीचमा मिठा-मिठा धार्मिक भजनहरु तथा नृत्य प्रस्तुत गरिने छ । कार्यक्रममा इजरायलका बरिष्ट भजन गायक शिशिर खनालको बाद्य-बादन सहितको टोलीले मिठा-मिठा भाजनहरुको प्रस्तुतिले दर्शकहरुलाई थप मनोरंजन दिलाउने जानकारी प्राप्त भएको छ ।

त्यस्सै गरि कार्यक्रमको भोलिपल्ट शनिबारका दिन गुरुमाताका साथमा इजरायलको रमणीय स्थलहरु मृतसागर लगायत बेत्लेखेम र कोतेलको भ्रमण राखिएको हुनाले भ्रमणप्रेमी मित्रहरुलाई यो ऐतिहासिक कार्यक्रममा सहभागी भइ सहयोग र साथ् दिनुहुन हिन्दु जागरण परिवार हार्दिक आवहान गरेको छ ।

हिन्दु धर्मालम्बीहरुको बिशेष धार्मिक पर्व श्रीस्वस्थानी तथा माहाशिबरात्रीको अवसरमा आयोजना गरिने बृहत धार्मिक प्रवचनमा इजरायलबासि सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाई तथा बिभिन्न धर्मालम्बीहरु हिन्दु, बौद्ध, किराँत, बोम्पो जो कोहीले पनि आध्यात्मिक लाभ लिन सकिने आयोजकले बताएका छन् ।

तेलअभिभको तखाना मार्कजित तेस्रो तला स्थित एभेरेष्ट क्लबमा साँझ ६ बजे देखि सुरु हुने उक्त कार्यक्रममा आयोजकले कार्यक्रमलाई भब्य बनाउन इजरायलमा हुनुहुने सम्पूर्ण इजरायलवासी मान्यजन तथा व्यक्तित्वहरु, सम्पूर्ण धार्मिक, सामाजिक तथा जातीय संघ-संस्थाहरु , अनलाइन मिडियाकर्मीहरु तथा इजरायलवासी सम्पूर्ण धार्मिक मनहरुमा सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध समेत गरेको छ ।

भ्रमण स्थल – मृत सागर , बेत्लेखेम र कोतेल ।

भ्रमण शुल्क – १२०/- सेकेल मात्र ।

भ्रमणका लागि सम्पर्क नम्बरहरु :-

१) ०५५-६६०८४१५

२) ०५४-७८५८७५२

३) ०५५-९९१२६२५

४) ०५८-६८१२०३५

५) ०५४-६७५५४५४

प्रतिक्रिया दिनुहोस्