इजरायलबाट ‘निकेश’ द्वारा चलाइएको “शिव कुमार कुँवर बचाऊ अभियानमा” झापाका मृगौला पिडितलाई सहयोग हस्तान्तरण

लाइट नेपाल डटकम

काठमाडौं – झापाका मृगौला पीड़ित शिव कुमार कुँवरलाई इजरायलमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । झापाली समाज इजरायलका उपाध्यक्ष इन्द्रमणि प्रसाई ( निकेश ) द्वारा चलाईएको “शिव कुमार कुँवर बचाऊ अभियानमा” यो सहयोग रकम उठाईएको हो ।

प्रदेशमा भएर पनि नेपालमा रहेका दुखिपिडितहरुलाई जटिल दुखको परिस्थितिमा दुखेको घाउमा मलम लगाउने र रोगले मृत्यु सग लडिरहेको बिपन्न परिवारलाई विभिन्न समयमा सकेको सहयोग गर्दै आइरहेका प्रसाई यस पाली पनि सामाजिक संजालमा देखेको भिडियो हेरेपछि उनले इजरायलमा रहेका नेपालीहरु लाई एक जुट भै उनलाई सहयोग गर्न आवहान गरेका थिए ।

झापा निवासी,लिटल एंजेल्स बोडिंग स्कूल चारालीका शिक्षक साथै कुस्ती खेलाडी शिब कुँवरको दुवै मृगौला खराब भएको समाचार सामाजिक संजालमा भाइरल भए लगतै उनले यो अभियान चलाएका थिए ।  उनले चलाएको अभियानमा विभिन्न क्षेत्रका सहयोगीहरुले सहयोग गरेका थिए ।


उक्त अभियानमा उठेको रकम रु १२१८३७ (एक लाख एकाईस हजार आठ सय सैंतीस रुपया ) सोही स्कूलमा कक्षा २ मा अध्यनरत प्रसाईका छोरा गौरब प्रसाईले मिति २०७४ पौष २३ गते आइतबार सम्पूर्ण स्कूल परिवारको उपस्थितिमा निज मृगौला पीडितका बुबा थर्क बहादुर कुँवर ( कृष्ण ) का नाममा रु १२२०००( एक लाख बाईस हजार रुपया ) को चेक हस्तांतरण गरेका थिए ।

यो अभियानमा साथ दिनेलाई रकम हस्तान्तरण पछि सम्पूर्ण इजरायलमा कार्यरत सहयोगी भावनाका धनी जस्ले सात समुन्द्र पारी गएर अर्जित पारिश्रामिक मूल्यलाई एक युवाको जीवन रक्ष्याको लागि “सीत उघाई घैला” स्वरूप दिनु भयो वहाहरु सम्पूर्णलाई पीड़ित शिव कुँवरका बुबा कृष्ण कुँवर र लिटल एंजल्स बो. स्कुलका प्रिन्सिपल राजेश सेढाईले धन्यबाद ब्यक्त गरेका थिए ।  यस अभियानमा इजरायलबाट सहयोग गर्ने सहयोगीमनहरुलाई प्रसाइले धन्यवाद साथै आभार प्रकट गएका छन  ।

सहयोगीहरुको नामावाली निम्न अनुसार रहेको छ

१, इन्द्रमणि प्रसाई( निकेश) :- ५९४२ ( अभियन्ता )
२, दधिराम ओली :- २९७१
३, सुभाष कुँवर :- २९७१
४, नीता छेत्री :- १०४००
५, दीपेन्द्र बारकोटी :- ५९४१,
६, अमीरा थापा :- ४४५७
७, पारू बस्नेत :- २९७१
८, शोभा बस्नेत :- ३१२०
९, सूर्य बस्याल :- २९७१
१०, देबि खरेल पाण्डे:- ३००१
११, सरु तिमल्सिना :- २९७१
१२, योगेन्द्र प्रसाद खरेल :- २९७१
१३, दीपक + खीमा देवान :- २९७१
१४, रमेश रिजाल धनञ्जय :- ३००१
१५, सन्दीप भण्डारी :- ३००१
१६, रुजा थापा :- २९७१
१७, दीपु कार्की तिवारी :- ३१२०
१८, उषा प्रसाई शिवकोटी :- २९७१
१९, भगवती बैदवार :- ३००१
२०, पम्फा टन्डन :- ३१२०
२१, सुलोचना दहाल :- २९७१
२२, इन्दु केसी :- १५१५
२३, माया इम्सोंग लिम्बु : – ३१२०
२४, शिव दहाल :- २९७१
२५, देव घिमिरे, :- २९७१
२६, सबिता किराती :- २९७१
२७, देबि ढकाल सिटौला :- १५१५
२८, गोमा पाठक :- १४८४
२९, बिनोद लामा :- १५१५
३०, शोभा पौडेल :- १५१५
३१, नबिन शर्मा :- १७८२
३२, राजेन्द्र भण्डारी :- १७८२
३३, निश्चल श्रेष्ठ :- १४८५
३४, कोपिला देवकोटा : – १४८५
३५, राज छत्कुली :- १४८५
३६, राम ढुंगाना :- १४८५
३७, मोहन प्रसाई :- १४८५
३८, मिना नेवार्नी :- १४८५
३९, नम्रता उप्रेती :- १४८५
४०, सीता पौडेल :- १५१५
४१, पदम बा. थापा :- १५१५
४२, रन्जु ढकाल :- १४८५
४३, हेम कुमारी कोइराला :- १५१५
४४, भीमा नेमबांग :- १४८५
४५, दीपेन्द्र पौडेल :- १४८५
४६, सरिता जोशी :- १४८५
============
जम्मा रु. १२१८३७

उठाएको रकमएक लाख एकाईस हजार आठ सय सैंतीस रुपया मात्र  हस्तान्तरण गरिएको रकम १२२०००|- एक लाख बाइस हजार रुपौया मात्र !

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com