यसकारण पक्राउ परे मलेसियाको मसाज सेन्टरबाट तीन नेपाली युवती

लाइट नेपाल

मलेसिया, २५ पुस । मलेसियाको सेलेङ्गर राज्यस्थित एक मसाज सेन्टरवाट अध्यागमन विभागको विशेष टोलिले अन्य देशका नागरिक सहित ३ जना नेपाली युवतीलाई पक्राउ गरेको छ । आइतवार साझ अध्यागमन विभागले गरेको विशेष अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । नेपाली सहित भियतनामी,थाइल्याण्ड ,कम्वोडीयन युवतीहरु मसाज सेन्टर बाट आपत्ति जनक अबस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका हरु नेपालबाट पर्यटक भिषामा मलेसिया पुगेका हुन् । उनीहरु लाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएर कारवाहिको प्रक्रिया थालिएको मलेसियाका संन्चार माध्यमले जनाएको छ ।

मानव तस्करहरुले मलेसियाका मसाज सेन्टरमा नेपाली युवती पठाउने गरेको रहस्य खुल्न थालेको छ । पर्यटक भिषामा यसरी तस्करहरुले युवतीलाई मलेसियाका विभिन्न मसाज सेन्टरमा यौन कार्यका लागी पठाएको खुलेको हो ।

पछिल्लो समय वैदेशिक रोजगारीको लागि मलेसिया असुरक्षित मात्रै नभै नेपाली हरुकै कारण बदनामी समेत बन्न पुगेको धेरैको बुझाइ छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com