Light Nepal

प्रहरी हिरासतमा रहेका डा गोविन्द केसीलाई अहिले ९ बजे अदालतमा उपस्थित गराइँदै

काठमाडौं, २५ पुस । सोमबार राती त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ परेका डा. गोविन्द केसीलाई आज अदालतमा उपस्थित गराइँदैछ । उनलाई बिहान ९ बजे अदालतमा हाजिर गराइनेछ ।

सर्वोच्च अदालतले मानहानीको अभियोगमा डा. केसीलाई मंगलवार ९ बजे अदालत उपस्थित गराउन गृहमन्त्रालय मार्फत प्रहरीलाई आदेश दिएसँगै पक्राउ गरेर सिंहदरबार हिरासतमा राखेको थियो ।

केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोमवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए । सोलगत्तै अदालतले उनलाई पक्राउ गरेर अदालतमा हाजिर गराउन निर्देशन दिएको हो ।

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको भन्दै डा केसीले अदालतविरुद्ध टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्