Light Nepal

मलेसियाका मसाज घरबाट ३ नेपाली युवती पक्राउ

मलेसिया २४-पुष। मानव तस्करहरुले मलेसियाका मसाज सेन्टरमा नेपाली युवती पठाउने गरेको रहस्य खुल्न थालेको छ । पर्यटक भिषामा यसरी तस्करहरुले युवतीलाई मलेसियाका विभिन्न मसाज सेन्टरमा पठाउन यौन कार्यका लागी पठाएको खुलेको हो ।

मलेसियाको सेलेङ्गर राज्य स्थित एक मसाज सेन्टरवाट यहाको अध्यागमन विभागले विभिन्न देशका सहित ३ नेपाली युवतीलाई पक्राउ गरेको छ । आइतवार साझ अध्यागमन विभागले गरेको विशेष अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । नेपाली सहित भियतनामी,थाइल्याण्ड ,कम्वोडीयन युवती पक्राउ परेका हुन् । पक्राउ परेका हरु नेपाल वाट पर्यटक भिषामा मलेसिया पुगेका हुन् । उनीहरु लाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएर कारवाहिको प्रक्रिया थालिएको मलेसियाका संन्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्