Light Nepal

माधव नेपाललाई प्रश्न : कसैले गठबन्धन तोड्दिन्छौं भनिदिँदा तर्सिनु भनेको तपाईंहरूको गठबन्धन त्यति कसिलो छैन, हो ?

काठमाडौं – चुनाव सकिएको एक महिना बित्दा पनि नयाँ सरकारको खाका कोर्ने माहोल नबन्दा माधवकुमार नेपाल निकै ‘असन्तुष्ट’ मुद्रामा देखिन्थे । ‘कतै षड्यन्त्र हुँदै छैन ?’ उनको आशंका थियो ।

वाम गठबन्धन ‘कसिलो’ भएको र तोडिनेहरु नै फस्ने तर्क नेता नेपालको छ । नेपालसँग कुराकानी गरिरहँदा लाग्थ्यो, उनलाई एमाले–माओवादी एकता, शासकीय संरचनाको भावी खाकाका विषयमा भएका ‘वार्ता’ मा संलग्न गराइएको छैन ।

त्यही कारण उनले पटक–पटक जवाफ दिए, ‘दुई नेताबीच राम्रै छलफल भइरहेको होला ।’ समानुपातिक चुनाव परिणाम घोषणामा भएको ढिलाइ, भावी सरकारको खाका, वाम एकताबारे पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग हरिबहादुर थापा र दुर्गा खनालले आजको कान्तिपुरमा गरेको कुराकानीको केहि अंश:

कसैले गठबन्धन तोड्दिन्छौं भनिदिँदा तर्सिनु भनेको तपाईंहरूको गठबन्धन त्यति कसिलो छैन, हो ?

कसैले केही कमजोरी खोजिरहेका होलान्, त्यसैले तोड्छांै भनेका होलान् । साम, दाम, दण्ड, भेद प्रयोग गर्ने कोसिस भइरहेको होला तर पनि गठबन्धन कसिलो छ ।

तपाईंहरूलाई निर्वाचन आयोग कसको इसारामा चलिरहेको छ भन्ने शंका लागेको हो ?

कोबाट चलिरहेको छ भन्ने थाहा छैन तर त्यहाँबाट बेठीक काम भइरहेको छ ।

तपार्इंहरूले राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा गरेको विवादले पनि केही समय ढिलाइ हुन पुगेको होइन र ?

राष्ट्रिय सभा अध्यादेशले केही ढिलो भयो होला तर अबकिन ढिला ?

गठबन्धनभित्रकै दलबाट परिणाम रोक्न वा ढिलाइ भएको हो कि भन्ने बाहिर आशंका पनि छ नि ?

परिणाम घोषणा रोक्न त्यस्तो काम गर्ने सवाल नै आउँदैन । कुन मितिसम्म कति काम गर्न सकिन्छ भन्ने हिसाब–किताब हामी पनि गर्न सक्छांै । राज्य सञ्चालनमा हाम्रो पनि अनुभव छ ।

अब दुई दलको एकताको विधि के हुन्छ ?

विधिबारे धेरै छलफल भएको छैन । यसबारे उपाय निकाल्न सकिन्छ । दुवैलाई मान्य हुने विधिमा जानुपर्छ । योग्यताको मूल्यांकन र पारदर्शिता अपनाइयो भने विधि आफैं बनिहाल्छ ।

दुवैतिर कतिपयका नेताका व्यक्तिगत महत्त्वाकांक्षा होलान्, त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

व्यक्तिलाई हेरेर यो काम पार लाग्दैन । योग्यता र क्षमतासबै हुेर्नपर्छ ।

तपाईंहरूबीच संयुक्त रूपमा प्रधानमन्त्री र पार्टी कसरी चलाउने कुनै सहमति छ ?

यस्तो सहमति भएको छ भन्ने मलाई थाहा छैन तर यदि छ भने त्यो सहमति पालना हुनुपर्छ । कहाँकहाँ के सहमति भएको हो ? त्यो कमिटीमा आउनुपर्छ ।

त्यसो भए तपाईंहरूबीचकै छलफल पारदर्शर्ी छैन ?

होइन, छलफल एक्लाएक्लै भइरहेको छ । मेरो पनि कुरा भइरहेको छ । दुई अध्यक्षबीचमा पनि कुरा भइरहेका होलान् तर कमिटीको बैठक बसेको छैन । त्यसैले ठोस अवधारणाआएको छैन ।

संगठन चाहिं कस्तो बनाउनुहुन्छ ?

माओवादीको संगठन ठूलो छ, उहाँहरू पनि ठूलो भयो भन्नेमै हुनुहुन्छ । हामी पनि सानो बनाउने पक्षमा छौं । छरितो र कामकाजी हुनुपर्छ । धेरै मानिसलाई संगठित गर्नेखालका संरचना बनाउनुपर्छ । कुन व्यक्ति कुन तहको हो भनेर बुझ्नेखालको कमिटी बनाउनुपर्छ । पार्टीभित्र विभागहरू बनाउनुपर्छ र पेसा–व्यवसायीलाई संगठित गर्नुपर्छ ।

तपाईं त पार्टीको नेतृत्व गरिसकेको, प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ, यो एकीकरण प्रक्रियामा तपाईंको आफ्नो व्यवस्थापन चाहिं कसरी होस् भन्ने चाहनुहुन्छ ?

मेरो ‘स्पेस’ को चिन्ता छैन । मलाई त यो देश के हुन्छ भन्नेमा चिन्ता छ । देशको प्रगति र स्थायित्व हुँदा मात्र देशको‘स्पेस’ विश्वमा रहन्छ । त्यसमा कसरी अघि बढ्ने भन्नेमा मेरो चिन्ता छ ।

त्यस्तो राम्रो काम अघि बढाउन त तपाईंजस्तो नेतालाई केही पद चाहिएला नि ?

ममा क्षमता छ/छैन भन्नेमा मैले गीत गाएर हँु‘दैन । मेरो भूमिका, आवश्यक योग्यता, क्षमता, अनुभवले काम गर्छ भने अवश्य पनि कहीं मेरो खोजी हुन्छ । मैले किन चिन्ता गर्नु ?

तपाईंलाई यो पदमा यसरी ‘फिट’ गरिदिएहुन्थ्यो भन्ने कुनैअपेक्षा छैन ?

मेरो केही अपेक्षा छैन । म महत्त्वाकांक्षा राख्ने मान्छे होइन ।

राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कुनै पदमा तपाईंलाई नेतृत्व गर्ने अफर आयो भने के गर्नुहुन्छ ?

म ‘हाइपोथेटिकल’ विषयको पछि जान्नँ । मैले केही भनिदिएँ भने बेकारमा अरू कसैका मनमा शंका–आशंका उब्जिन सक्छ । यतिखेर शंका–आशंका बढाउने बेला होइन । यो त समझदारी बढाउने र समस्या समाधान गर्नेे बेला हो । सरकार बनाउने, पार्टी एकता गर्ने हो । छिटो सरकार बनाएर जनतालाई ‘डेलिभरी’ दिने बेला हो । यहाँ मान्छेहरूले छिटो–छिटो काम भएको देख्न चाहेका छन् ।

चुनावअघि तपाईंहरूले स्थिर सरकारको नारा बाँड्नुभयो र त्यहीअनुरूपको परिणाम हासिल भयो, अबको सरकार स्थिर हुन्छ कि हुन्न ?

स्थिर हुन्छ ।

तर सरकार त आलोपालो चलाउने भन्ने आइरहेको छ,यसले मतदाताको अपेक्षा र विश्वासमाथि धोका दिन खोजेको देखिँदैन र ?

आलोपालो गर्नैपर्ने भयो भने पनि नीतिमा परिवर्तन हुनु भएन । नयाँले आएर पुरानो नीतिलाई हटाइदिने भएकालेयहाँ समस्या भएको हो । एउटै नीतिलाई निरन्तरता दिएसमस्या हुँदैन ।

नीतिकै निरन्तरता हुने भएपछि व्यक्ति किन परिवर्तन हुनुआवश्यक पर्‍यो ?

व्यक्ति परिवर्तन नहुन पनि सक्छ । एउटै व्यक्ति बसिरहनुपर्छ भन्ने पनि छैन । एकै व्यक्ति पार्टीमा लगातार बस्नु पनि ठीक हुँदैन । यस्ता विषयलाई सामान्यीकरण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्