त्रिबेणी नलगाड नगरपालिका १२को दलित बस्तीमा बिधुत झिलिमिल्ली, स्थानिय बासी हर्सित

लाइट नेपाल डटकम

जाजरकोट – यहाँको एक दलित वस्तीमा पछि विजुली वलेको छ । त्रिवेणी नलगाड नगरपालका वडा १२ वायाँकाँडाको दलित वस्तीमा विजुली वलेको छ ।संसद विकास कोषको रु ४० लाख रुपैया र स्थानीय दलित समुदायको श्रमदानवाट विद्युत सञ्चालनमा आएको उपभोक्ता समितिका अध्यक्ष तेजवहादुर विकले वताउनुभयो ।

रुकुमको रिजिगार जलविद्युत आयोजनावाट उत्पादन गरिएको विद्युत जाजरकोटको वायाँकाँडाका दलित वस्तीमा लाईन विस्तार गरि विद्युत घर घरमा पुर््याएको विकले वताउनुभयो । करव २ सय ५० घरधुरीलाई विद्युत पुगेपछि स्थानीयवासीहरु निकै खुसी भएको विकले वताउनुभयो । वायाँकाँडा , औलगुत्ता, तल्लुवगर, लगाएतका गाउँमा विद्युत पुगेपछि स्थानीयहरु घर,घरमा टिभी हेर्न र मावाईल चार्ज गर्न पाउँदा खुसी भएको स्थानीयवासी सर्पे कामीले वताउनुभयो ।

यति दुर्गम ठाउँमा विद्युत पुग्ला भन्ने आश नै थिएन्् , शक्ति वस्नेतले पैसा हालिदिएपछि हाम्रा घर उज्याला भएका छन्् अर्का स्थानीयवासी कर्ने कामीले वताउनुभयो । ५६ किलोवाट विद्युत उत्पादन भएको रिजिगार जलविद्युत आयोजनावाट जाजरकोट र रुकुमका सयौँ स्थानीयवासी सेवा पाएका छन्् ।

जाजरकोट देखि रुकुमको राडी सम्म सिधा वस सेवा सुरु

जाजरकोट सदरमुकाम देखि रुकुमको आठविसकोट नगरपालिकाको राडी वजार सम्म सिधा यातायात सेवा सुरु भएको छ ।सोमवार जाजरकोट क्षेत्र नं क का सांसद गणेसप्रसाद सिंहको नेतृत्वमा भएको छलफल सिस्ने हिमाल यातायात समिति रुकुम र भेरी गंगा वस व्यवसायिक समिति जाजरकोट वीच भएको छलफल वाट मंगलवार विहान देखि सिधा यातायात सञ्चालन गर्ने सहमती भएको थियो ।

मंगलवार विहानै भेरी गंगा यातायातको ना ४ ख ९३१७ नम्वरको वस र तीनवटा जीप सहित संसद गणेसप्रसाद सिंहले औपचारिक उद्धघाटन गर्नुभयो । यो क्षेत्रमा सिधा यातायात सञ्चालन संगै यातायातमा देखिएको मनपरि , सिन्डिकेट प्रथा वन्द भएको छ ।

रिम्ना र छेपारे वीचमा रहेको भेरी पुल निर्माण संगै सिधा यातायात सञ्चालन गर्न सजिलो भएको छ । जाजरकोट देखि राडी सम्म दिवा सेवा वस सञ्चालन गरिने यातायात व्यवसायी भीमवहादुर शाहले जानकारी दिनुभयो ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com