जुवाको खालबाट वडा अध्यक्ष सहित १० जना पक्राउ

सिर्जना

काठमाण्डौ, १ पुष । दाङको बबई गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षसहित १० जना जूवाडे पक्राउ परेका छन् । आज दिउँसो हापुरेका बालिराम केसीको जूवा खेलिरहेको अवस्थामा बबई गाउँपालिका २ का वडा अध्यक्ष चिन्तामणी आचार्य सहित १० जना पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी प्रकास सापकोटाले जानकारी दिए ।
आचार्य स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट चुनाव लडेर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी पश्चिम दाङका पेशेवर जूवाडे बिबीसी भनेर चिनिने सेवेन्द्र देवकाटा पनि पक्राउ परेका छन् । जूवाडेको साथबाट एक लाख ३५ हजार ३ सय ९६ रुपैंया प्रहरीले बरामद गरेको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com