Light Nepal

विवाह​ अघिको यौन​ स​म्ब​न्ध​बारे कुन​ कलाकारको कस्तो अनुभ​व ? स्टेजमा नेपाली कलाकारले माहोल तताए आफ्नो अनुभव सुनाएर (भिडियोसहित)

काठमाडौं, २७ मंसिर । भर्जिन ‘कुमारित्व’ को महत्वबारे थाहा नपाउने कमै होलान् । सरल भाषामा भन्नु पर्दा विवाह अघि यौन सम्बन्ध नराख्नुलाई कुमारीत्व नतोडिएको बुझिन्छ । यद्यपी यौन सम्बन्धबाहेक अन्य अवस्थामा भर्जिन तोडिने भएपनि यसलाई खास रुपमा लिइन्न । तर, विवाह अघि यौन सम्बन्ध नरहनुलाई ‘कुमारित्व’ रहेको बुझिन्छ । अक्सर विवाहपछि मात्रै आफ्नो जोडीसँग ‘कमारित्व’ तोड्नु पर्ने विश्वभर मान्यता रहेको छ । त्यसैले भर्जिन (कुमारित्व)को विशेष महत्व विश्वसमाजमा रहेको छ ।

 

काठमाडौंमा बुधबार राइजिङ मलमा आयोजित चलचित्र निर्माण घोषणा कार्यक्रममा निर्माता खिलेन्द्र तिमल्सिनाले आफू भर्जिन तोड्न सक्ने बताए । प्रसङ्गबस भर्जिनको चर्चा चलेपछि निर्माता तिमल्सिनाले सो कुरा बताएका हुन् । प्रसङ्ग हो– युवाको यौन मनोविज्ञान आधारमा बन्न लागेको चलचित्र ‘मिस्टर भर्जिन’को । सो चलचित्र निर्माण घोषणा कार्यक्रममा नायक, नायिकालगायतले आफू कुमार तथा कुमारी रहे नरहेको प्रसङ्ग कोट्याउन थालेका थिए ।

कलाकार भोलाराज सापकोटा र कमलमणि नेपालले आफू विवाहित भएकाले ‘कुमार छु’ भन्नु मुर्ख हुने प्रतिक्रिया दिए । अर्का कलाकार बिजय बराल यस बिषयमा केही बोल्न चाहेनन् । यस चलचित्रमा आवद्ध भएकी नायिका मरिश्का पोखरेल भर्जिनको प्रसङ्ग आउनसाथ लजाइन् भने नायक गौरब पहाडीले आफ्नो बिवाह नभएपनि यौन सम्बन्धको अनुभब रहेको प्रतिक्रिया दिएर माहोल तताए । यसै प्रसङ्गमा युवा कलाकारलाई इंगित गर्दै निर्माता खिलेन्द्र तिमल्सिनाले यिनीहरुले नसके मैले भर्जिन तोड्छु भन्ने आशय मिश्रित प्रतिक्रिया दिए ।

वर्ल्ड वाइड फिल्म्सको ब्यानरमा बन्न लागेको ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतले निर्देशन गर्ने भएका छन् । यही मंसिर अन्तिम साताबाट फ्लोरमा जान लागेको सो चलचित्रमा गौरब पहाडी, मरिश्का पोखरेल, विजय बराल, भोलानाथ सापकोटा, सिर्जना सुब्बा, कमलमण्ीि नेपाल लगायत कलाकारको अभिनय रहने जानकारी दिइएको छ ।

आउँदो वैशाखमा प्रदर्शनमा ल्याउने उद्देश्य सहित निर्माण गरिने लागेको उक्त चलचित्रमा महेश दवाडीको लेखन, बुलेट फ्लो, सुरज पण्डित, श्री किष्ण बम मल्ल लगायतको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्